Logo

मोरङको संसारीमाई मन्दिरमा चाेरी ! चोर सिसिटिभीमा कैद

मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको संसारीमाई मन्दिरमा चोरी भएको छ ।मातालाई लागई दिएकाे चाँदिका गहना, सानो पितलको मुर्ति, गणेशकाे प्रतिमा, गहरगहना सहित चोरी भएको हाे । मन्दिरबाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको समेत मुर्ति चोरी भएको हाे।

राति १० बजेर ५४ मिनेटमा मन्दिरको घेरा नाघेर मुख्य मन्दिर भित्र छिरेर माता संसारीलाई लगाएको गरगहना चोरी भएको ब्यवस्थापन समितिले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सि.सि.टि.भि मा घटना रेकर्ड भएकाले फुटेजबाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसअघि समेत मन्दिरका गहना चोरी भएपछी मन्दिर समितिले एक वर्ष अघि मन्दिर परिषरमा ७ वटा सिसिटिभि जडान गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्