Logo

श्रीमानले छाडेपछि छोरा पाल्न गाडी चलाउदै, रुदा रुदा अन्तर्वार्ता सकियो, हेर्ने पर्ने भिडियो

काठमाडौंमा चल्ने प्राइभेट गाडीको स्टेरिगंमा हेर्यो भने त्यहाँ अधिकांश पुरुषलाई देखिन्छ । स्टेरिगंमा बस्ने महिलाहरु निकै कम हुन्छन् । अहिले भने कताकती महिलाहरु पनि गाडीका स्टेरिगंमा देखिन थालेका छन् ।

त्यसरी प्राइभेट वा सार्वजनिक सवारी साधन चलाउने एक महिलाको कथा यहाँ हामिले प्रस्तुत गर्न लागेका छौं । उनी हुन् माया । दुई छोराको भविष्यका लागि एक आमाले गरेको संघर्षको कथा यहाँ प्रस्तुत गर्न थालेका छौं । श्रीमानले अर्कै विवाह गरे पछि दुई छोराको भविष्य उज्जवल बनाउने जिम्मेवारी उनकै काँधमा आयो ।

श्रीमान कान्छी श्रीमतीसंग बस्छन् उनलाई र छोराहरुलाई वास्ता गर्दैनन् तर पनि ति महिलाले आफ्नो परिवारको बारेमा बताउनुपर्दा उनै श्रीमानका आमाबुवा र परिवारका बारेमा बताउँछिन् । श्रीमानले धोका दिएर गएपछि उनी एक जना महिलाको सम्पर्कमा आइन् । विपत्तीमा परेकाहरुलाई सहयोग गर्ने ति महिला हुन्

मिनालाई भेटेपछि यि पीडित महिला अंगालो हालेर भक्कानीएर रोइन् । भेट्दा पनि निकै मायालाग्दो अवस्थामा भेटिएकी यि पीडित महिलालाई आफैलाई माया गर्न सिकाइन् । उनले आत्मविश्वास बलियो बनाउन निकै सहयोग गरिन् । चार पांग्रे गाडी सिकाउन र आत्मविश्वास बलियो बनाउन सिकाउने गरेकी मिनालाई ति महिलाले आमा भनेर सम्बोधन गर्छिन । आफुले दुखमा सहयोग गरेका कारण पनि ति महिलालाई छोरी जस्तै लाग्छ ।

सानदार गाडी चलाएर आएर आफुलाई अहिले अंगालो हाल्दा खुसीको आँशु झर्छ । गाडी सिक्ने अवस्थामा पनि आफुले सहयोग गरेको पल सम्झदै उनले लक्ष्मीले भनिन् बाटोमा गाडी सिक्दा सिक्दै पनि समस्या पर्यो भने म फोनवाटै सम्झाउँथे । अहिले त निकै सिकीसकेको छन् । मिनालाई माया जस्ता थुप्रै महिलालाई अझ सहयोग गर्ने धोको छ । त्यसैले माया जस्ता पीडित महिलाहरुलाई मुस्कान छोडेर हाँस्न आग्रह गरिन् । श्रीमानले धोका दिए भन्दैमा रोएर बस्ने होइन आत्मविश्वास बलियो बनाएर अघि बढ्यो भने सामजमा सम्मानपूर्वक बाँच्न पाइन्छ । त्यसैले मायाले अन्य महिलाहरुलाई पनि प्रेरणा दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्