Logo

खुसि खबर: अमेरिकामाथि नेपालको शानदार जित !

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा १५५ रन बनाउँदै सबै विकेट गुमायो।

नेपालका लागि करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट लिए। सन्दीप लामिछाने दुई विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे।

यसअघि खराब सुरुवात गरेको नेपालका लागि भरपर्दा ब्याटस्म्यान शरद भेषावकर घाइते भएपछि उनको स्थानमा आएका सुवास खकुरेल तीन रनमै पेभिलियन फर्किएका थिए। कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए भने उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पेभिलियन फर्किएका थिए। पारस खड्का १९ रनमा आउट हुँदा खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पेभिलियन फर्किए।

बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाए। तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धसतकको रेकर्ड बनाएका हुन्।

यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करण केसीले १२ तथा सुशन भारीले ११ रन बनाए। अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई/दुई विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्