Logo

गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम ( भिडियो हेर्नुहोस् )

गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम ( भिडियो हेर्नुहोस् ) – नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् ।

बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्तरण गरेका हुन् । उनले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्