भक्तपुरमा सवारी दुर्घटना : ट्रकको ठक्करबाट एक जनाको मृ-त्यु


काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार गीता तिमिल्सिनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ की तिमिल्सिना आज बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी तिमिल्सिनालाई उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थिमीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।