Logo

किन खाली हात छिन् साम्राज्ञी ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले खाली हात छिन् । नम्बर १ नायिकाको रुपमा कहलिएकी साम्राज्ञी केही समयदेखि कुनै पनि चलचित्रमा अनुबन्धित भएकी छैनन् । पछिल्लो केही चलचित्रहरुको असफलताले साम्राज्ञीलाई खाली हात बनाएको छ ।

साम्राज्ञीले अनमोल केसीसँग जोडी बाँधेर चलचित्र ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाट नै साम्राज्ञीले चर्चाको शिखरमा आफूलाई पुर्‍याइन् । डेब्यु चलचित्रबाट नै साम्राज्ञीलाई सम्भावित कलाकारको रुपमा हेरियो ।

दोस्रो चलचित्र ‘ए मेरो हजुर २’को सफलताले त उनलाई नम्बर १ नायिका नै बनाएको थियो । सर्वाधिक पारिश्रमिक लिने नायिकाका साम्राज्ञी स्थापित भएकी थिइन् । उनलाई चलचित्रमा लिन जो कोही निर्माता लालाहित थिए ।

उनी अभिनित इन्टु मिन्टु लण्डनमा पनि नाफा कमाएको चलचित्र हो । तर, साम्राज्ञीका अन्य चलचित्रले भने साम्राज्ञीलाई चिप्लाएको छ । उनी अभिनित ‘तिमी सँग’, ‘कायरा’, ‘मारुनी’ र ‘रातो टिका निधारमा’ बक्स अफिसमा असफल रहे ।

चलचित्र निरन्तर असफल भएपछि साम्राज्ञी तर्सिएकी छिन् । त्यसैले होला, दशैंमा रिलिज भएको चलचित्र ‘रातो टिका पछि उनी कुनै चलचिचत्रमा अनुबन्धित भएकी छैनन् ।

अहिले खाली हात रहेकी साम्राज्ञीको क्रेज सकिएको धेरैले बोलिरहेका छन् । उनी तत्काल कुनै पनि चलचित्रमा अनुबन्धित नभएकाले पनि उनको क्रेज र स्टारडम माथि धेरैले प्रश्न उठाइरहेका छन् ।

किन सकियो साम्राज्ञीको क्रेज ? यो प्रश्न धेरैको हुनसक्छ । साम्राज्ञी आफैँले आफ्नो क्रेज सकाएकी हुन् ।

आफ्नो व्यक्तिगत कुराहरुलाई सामाजिक संजाल र मिडियामा छाताछुल्ल बनाएका कारण साम्राज्ञी कमजोर बन्दै गएकी हुन् । आफ्नो प्रेमीसँगको ‘इन्टिमेट’ तस्विरका कारण पनि साम्राज्ञीलाई धेरै असर गरेको थियो ।

आफ्नो प्रेमीसँगको तस्विर विवादमा साम्राज्ञीले घमण्डीपन देखाउदै दर्शकलाई कुकुरको सज्ञा दिइन् । त्यसपछि पनि दर्शक साम्राज्ञीसँग भड्किएका छन् ।

दर्शक भड्किएको पत्तो पाएका निर्माता पनि साम्राज्ञीसम्म पुगेका छैनन् । पैसा फिर्ता नहुने भएपछि साम्राज्ञीलाई महंगो पारिश्रमिक कसले दिने ?

त्यहीँ पनि साम्राज्ञीले हेमराज विसीको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्ने हल्ला छ । यस चलचित्रमा साम्राज्ञीले नायक प्रदीप खड्कासँग जोडी बाँध्ने हल्ला छ । तर, उक्त चलचित्र बन्छ वा बन्दैन भन्नेमा नै धेरैले प्रश्न गरिरहेका छन् ।

अहिले साम्राज्ञी चलचित्र भन्दा पनि व्यापारी प्रेमी देवांश राणासँग प्रेममा रमाइरहेकी छिन् । उनलाई त्यसैले खुसी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्