काठमाडौँ । ईनम सापकोटासम्बन्धी मुद्दाको अनुसन्धान प्रभावित हुने र असम्बन्धित अप्रमाणित विषय सार्वजनिक नगर्न प्रहरीले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अधिकारीको हवाला दिँदै मोबाइल लोकेशनलगायतका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र प्रक्रियाबमोजिम गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि प्रहरीले स्पष्ट पारेको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्न आग्रह गरिएको छ। अप्रमाणित सूचना प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै समाचारको आधिकारिकता पुष्टि गरेर मात्रै सम्प्रेषण गर्न प्रहरीले अनुरोध गरेको छ।


















प्रतिक्रिया