Logo

जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ । जानी राखौ

भगवान श्रीकृष्ण थिए वा त्यो कुनै चरित्रको रचना गरिएको थियो ? यसमा अनेकन तर्क छन् । यद्यपी सबैले स्विकारेको के भने, श्रीकृष्ण एक यस्तो पात्र हुन् जो अनुसरणिय छन् । नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमताका भगवान श्रीकृष्णलाई उत्तिकै रसिक एवं रोमान्टिक पात्रको रुपमा पनि चित्रित गरिन्छ । समग्रमा उनी यस्तो आदर्श हुन्, जसममा जीवनको मुलभूत सार समेटिएको छ ।

भगवान श्रीकृष्णलाई प्रेरक पनि मानिन्छ । उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो । यदि वास्तवमै जीवनलाई सफल, सुखी र खुसी बनाउन चाहने हो भने, भगवान श्रीकृष्णको यी बिचार मननयोग्य हुनसक्छ ।

१. जब बिरोधीको पल्ला भारी हुन्छ, तब विजय प्राप्त गर्नका लागि कुटनीतिको बाटो अपनाउनुपर्छ ।

२. मित्रतामा कहिल्यै गरिब र धनीको भेद नहेरौ । बरु, इमान्दारी र सत्यताको आडमा मित्रता निर्वाह गरौ ।

३. अनुशासित जीवन जिउनु, व्यर्थ चिन्ता नगर्नु र भविष्यको साटो बर्तमान ध्यान केन्दि्रत गर्न सिकौ ।

४. समस्यामा वा असफलतामा हिम्मत हार्न हुन्न, समस्यालाई जुधेर सामना गरौ ।

५. मानिस दुरदर्शी हुनका साथसाथै हरेक परिस्थितीको आंकलन गर्ने क्षमता हुनुपर्छ ।

६. कसैको बिचारको बन्धनमा बाँधिनु हुन्न, बरु तपाई स्वंम बिचार (सिद्धान्त) विकसित गर्नुहोस् ।

७. कुनैपनि काम वा प्रतियोगिता अघि त्यसको रणनीति बनाउनु आवश्यक हुन्छ ।

८. गुरुबाट भन्दा आफ्नो अनुभवबाट बढी ज्ञान आर्जन हुन्छ । गल्ती र असफलताले तपाईलाई धेरै कुरा सिकाइरहेको हुन्छ ।

९. मित्रता त्यही दिगो र रसिलो हुन्छ, जो कठिन परिस्थितीमा पनि तपाईको साथ छाड्दैन । मित्रतामा सर्तको कुनै स्थान हुँदैन ।

१०. राम्रो काम गर्नुहोस् । अनावश्यक काममा आफ्नो समय नष्ट नगरौ । र, विना कारण अरुसँग डराउनु आवश्यक छैन ।

कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं ।

१. मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।

२. दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।

३. आजभोलि मिठास खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।

४. साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

५. घमण्डले मानिसलाई केही समयसम्म त ठुलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।

६. दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।

७. बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।

८. मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।

९. केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।

१०. संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।

यो पनि

नारी, अर्थात घरको शोभा । नारीले नै हो, घर-परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने ।

हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं । तर, कस्तो नारी ? प्रश्न उठ्न सक्छ । नारी भन्नसाथ नारी देहले मात्र पुग्दैन । उसको स्वभाव, प्रवृत्ति, चालचलन, सोंच आदि थुप्रै कुराले एउटा नारीलाई वास्तवमै कोमल, सहृदयी, विवेकशिल बनाउने हो । अतः हाम्रो धर्मशास्त्रले नारी कस्तो हुनुपर्छ ? वा कस्ता नारीले घरमा सुख-समृद्धि भित्र्याउन सक्छ भनेर व्याख्या गरेको छ ।

– जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् ।

– आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।

– जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।

– अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।

– घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो-मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी

– जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।

– बिहान-साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।

– पतिव्रत धर्मको पालना गर्ने नारी ।

– धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।

प्रतिक्रिया दिनुहोस्