Logo

‘म यस्तो गीत गाउँछु २’ लाई नजुरेको रिलिज मिति !

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले अनिश्चित समयको लागि प्रदर्शन स्थागत गरेको छ । विश्वमा फैलिरहेको कोरोनाको त्रासलाई मध्यनजर गर्दै निर्माण पक्षले चलचित्रलाई पछाडि सारेको हो । सरकारबाट अर्को सुचना नआएसम्म चलचित्रले प्रदर्शन मिति तोक्ने छैन ।

यसो हेर्दा म यस्तो गीत गाउँछु २ लाई रिलिज मिति जुरेको नै छैन भन्न सकिन्छ । यस चलचित्रले सुरुमा फागुन २३ गतेलाई रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बाघी ३’ रिलिज हुने भयो ।

‘म यस्तो गीत गाउँछु २’ले ‘बाघी ३’ सँग जुध्ने आट गरेन । आफूलाई कमजोर सम्झेर चलचित्र एक साता पछाडि सर्‍यो र फागुन ३० मा पुग्यो ।

अब भने चलचित्र यस मितिमा पनि प्रदर्शन नहुने भएको छ । कोरोनाको कारण देखाउँदै चलचित्र पछि हटेको छ ।

अब भने चलचित्र कहिले रिलिज हुने हो नै टुंगो छैन । चैतमा अधिकांश सातामा चलचित्र छन् । चैतको अन्त्यमा ‘प्रेम गीत ३’ र ‘चपली हाइट ३’ रिलिज हुने तयारीमा छन् । चैतको २१ मा चलचित्र ‘लक्का जवान’ले रिलिज मिति तोकेको छ । यसो हुदाँ अब यस चलचित्र अर्को वर्षमात्र रिलिज हुने देखिन्छ ।

सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्