Logo

‘बाघी ३’मा रुचाइयो टाइगरको एक्सन

बलिउड चलचित्र ‘बाघी ३’ रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको यस चलचित्रको व्यापार पनि उच्च छ । रिलिजको पहिलो दिन नै चलचित्रले १७ करोड ५० लाख माथिको व्यापार गरेको छ ।

समीक्षात्मक रुपमा पनि राम्रो ठहरिएको यस चलचित्रमा चलचित्रका मुख्य अभिनेता टाइगर श्राफको एक्सनलाई धेरैले रुचाएका छन् । अकल्पनिय एक्सन दृष्यहरु टाइगरले गरेको भन्दै धेरैले उनको तारिफ गरेका छन् ।

टाइगरले यस चलचित्रको लागि निकै मेहनत गरेका थिए । शरीर बनाउने देखि फाइट सिक्नेसम्म उनको पूर्व तयारी थियो । आफूले गरेको मेहनतको फल अहिले मिलिरहेको टाइगरले बताए ।

बाघी ३ बाट बलिउड चलचित्र एक्सनमा एक फड्को मार्न सफल भएको धेरैको भनाई छ ।

चलचित्रकी नायिका श्रद्धा कपुर भने टाइगरको छायामा परेकी छिन् । टाइगरको अगाडि उनको कुनै चर्चा सुनिएको छैन ।

एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्