Logo

दुई जना नेपालीमा कोरोना भएको पुष्टि……(भिडियो सहित)

चीनवाट फैलिएको कोरोना भाइरस अहिले युनाइटेड अबर इमिरेट्स (युएई) पनि पुगेको छ । वैदेशिक रोजगारीमा गएका दुई जना नेपालीमा कोरोना भएको पुष्टि भएको हे । सोमवार थप १४ जनामा कोरोना देखिएको हो । जसमध्ये दुई जना नेपाली समेत परेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

युएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुरा उल्लेख गरिएको छ । सोमबार युएईमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा दुई जना नेपालीमा पनि संक्रमण भएको पाइएको छ, मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी जनाएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार चारजना युएईका नागरिक, तीनजना इटालीका, दुई–दुई जना नेपाली र बंगलादेशी तथा एक–एक जना रसियाली, भारतीय र सिरियाली नागरिकमा कोरोना देखिएको हो।

विश्वका ९० मुलुकमा देखिएको कोरोनाले युएईमामा पनि प्रभाव देखाएको छ । युइईमा कोरोना भाइरसका संक्रमितको संख्या ५९ पुगेको छ। पछिल्लो समय कोरोना पुष्टि भएकामध्ये एक जना भने तीन वर्षीय भारतीय बालक छन्। उनलाई पनि क्वारेन्टाइनमा राखिएको छ। यसअघि अष्ट्रेलियामा रहेका एक नेपालीमा पनि कोरोना भाइरस देखिएको थियो। युएईलगायत गल्फ मुलुकमा लाखौं नेपाली कामदार छन्।

प्रतिक्रिया दिनुहोस्