Logo

विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस, ३८ सयको मृत्यु !

विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनको वुआन प्रान्तबाट फैलिएको भाइरस अन्र्टाटिकाबाहेक सबै महादेशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा आठ नयाँ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये बल्गेरिया, कोस्टारिका र मालदिभ्सलगायतका देश छन् ।

कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या ३८ सय कटेको छ । विश्वभर एक लाख आठ हजारमा संक्रमण फेला परेको सीएनएनले जनाएको छ । भाइरसबाट सबैभन्दा बढी संक्रमित चीनमा छन् भने मर्नेको संख्या पनि चीनमै बढी छन् ।

दक्षिण कोरिया, इटाली र इरानमा कोरोना भाइरस ह्वात्तै फैलिएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिकामा पछिल्लो समय कोरोना भाइरसले भयावह रुप लिदैछ । भारतमा पनि कोरोना भाइरसका संक्रमितको संख्या बढेको छ ।

कोरोना भाइरसले विश्वको अर्थतन्त्रमा नकारात्मक असर पारिसकेको छ । सुन र डलरको मूल्य बढेको छ । इन्धनको मूल्य घटेको छ । विश्वभर ठूलो आर्थिक संकट आउन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्