Logo

कोरोना भाइरसबाट बच्न हल्लाका भरमा मदिरा सेवन गर्दा ३६ जनाको मृत्यु…..(भिडियो सहित)

इरानमा ३६ अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्लाको शिकार बनेका छन्। अल्कोहल पोइजनिङका कारण ३६ जनाको मृत्यु भएको इरानी समाचार एजेन्सीको हवला दिँदै बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार इरानको दक्षिण पश्चिमी प्रान्त खुन्जुस्तानमा यस्तो घटना भएको हो। हाल अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्ला विश्वभर नै फैलिएको छ।

कोरोना भाइरसको चपेटामा परेको इरानमा पनि यही गलत हल्लाको पछि लाग्दा ३६ जनाले ज्यान गुमाएको इरानी अधिकारीहरुले बताएका छन्। अल्कोहल पोइजङिका कारण अरु २ सयभन्दा धेरै विरामी रहेको जनाइएको छ। उनीहरुको उपचार भइरहेको इरानी अधिकारीहरुले जनाएका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट बच्न सकिने भन्दै विभिन्न भ्रमहरु फैलिएको भन्दै त्यस्ता भ्रमबाट बच्न सूचनासमेत सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्