Logo

किन मुम्बाई पुगिन् बेनिशा ?

राष्ट्रिय अवार्ड विजेता नायिका बेनिशा हमाल अहिले मुम्बाई पुगेकी छिन् । चलचित्र मेकिङ पढ्न उनी मुम्बाई पुगेकी हुन् ।

बेनिशा मुम्बाई पुग्दा चलचित्र क्षेत्रमा भने उनीमाथि प्रश्न उठिरहेको छ, ‘के पढ्नकै लागि उनी मुम्बाई पुगेकी हुन् त ?’

कतिपयले चलचित्र नपाएपछि उनी मुम्बाई पुगेको अड्कल काटिरहेका छन् । हुन पनि, चलचित्र ‘घर’ रिलिज भएपछि बेनिशाको हातमा कुनै चलचित्र थिएनन । उनी खाली-खाली थिइन् ।

उनी चलचित्रको कारण भन्दा पनि आफ्नो प्रेमलाई लिएर बढि चर्चामा थिइन् । त्यसैले चलचित्र नपाएको शो कि भन्ने शंका गर्न ठिकै हो जस्तो लाग्छ ।

अर्को कुरा, कतिपयले बलिउड प्रवेशको लागि अभ्यास गर्न उनी मुम्बाई पुगेको अनुमान गरेका छन् । यस कुरालाई पनि सत्य हो कि भन्न सकिन्छ ।

उसो त बेनिशाको स्टारडम नेपाली चलचित्र क्षेत्रमा पनि उत्ति राम्रो होइन । धेरै चलचित्र गरेर पनि बेनिशाले आफ्नो स्टारडम भने बनाउन सकिनन् । त्यसैले नयाँ इन्डस्ट्रिमा पुगेर भविष्य बनाउने सोचले उनी मुम्बाई पुगेकी पनि हुन सक्छिन् ।

नायिका बेनिशा आफू अझै १ वर्ष मुम्बाईमा नै रहने बताउँछिन् । पढाई सकेपछि नेपाली चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने आश्वसन उनले दिइरेहकी छिन् । उनी निर्देशकको रुपमा पनि चलचित्र क्षेत्रमा काम गर्न सक्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्