Logo

ज्ञानेन्द्र शाही रिसले आगो जीताले कमिसन मागेको प्रमाण भेटीए घरबाट थुतेर जेल हाल्दिन्छौ …….(भिडियो सहित)

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही र उनका टिमको असली नियत उदांगो हुँदैछ । भ्रष्टाचारविरुद्धको अभियानमा लागेको उद्घोष गरेका ज्ञानेन्द्र शाहीको टिमकै एक सदस्य तीन लाख घुस प्रकरणमा डामिएकी छिन् । उनी हुन जिता बराल । जो नेपाल नर्सिङ काउन्सिललको सदस्य हुन् ।

र उनी नेपालका नेपाली अभियानका सदस्य पनि हुन् । उनै जिताले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै तीन लाख घुस मागेको प्रकरण यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिताले समाजिक सञ्जालको फेसबुकमार्फत एक विद्यार्थीसँग तीन लाख घुस मागेकी हुन् । उनले विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराइदिने भन्दै सो घुस रकम माग गरेकी छिन् ।

च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रारदेखि अरु पदाधिकारीहरुले समेत बाँडेर खानुपर्ने भएका कारण तीन लाख घटीमा नहुने भन्दै डिल गरेकी हुन् । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् ।

च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । यो प्रकरण सामाजिक सञ्जालमा बाहिरिएपछि ज्ञानेन्द्र शाहीले अर्काे चलाखी गरेका छन् । २३ घण्टा अघि उनले स्टाटस लेखेका छन्, हाम्रो नेपाल,हामी नेपालीका अभियान्ता जिता बरालज्यूको अगुवाइमा एक जना बहिनि को जिन्दगी बर्बाद गर्ने मानिसलाई कानुनी कारवाही गरिँदै ।

प्रतिक्रिया दिनुहोस्