Logo

लगानी सुरक्षित गर्दै चौथो सातामा ‘आमा’

फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘आमा’ चौथो सातामा प्रवेश गरेको छ । चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरिरहेको छ ।

निर्माणपक्षले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै चौथो सातासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भइसकेको बताएका छन् ।

निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा लेखिएको छ- ‘चौथो सातासम्म आइपुग्दा चलचित्रले नेपालबाट लगानी सुरक्षित गरी मुनाफा समेत आर्जन गर्न सफल भैसकेको छ । चलचित्रलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।’

कोरोनाको त्रास फैलिरहेको अवस्थामा पनि हलसम्म पुगेर चलचित्र हेरिदिने दर्शकले निर्माण पक्षले विशेष आभार प्रकट गरेको छ ।

मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्