Logo

हिमेश पन्तले कमेडी च्याम्पियन जित्दा खबपूको फ्यानहरुले सुरु गरे तोरफोर ……(भिड़ोयो सहित)

नेपाली पहिलो कमेडि रियालिटी शो कमेडि च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन्। आज भएको ‘ग्राण्ड फिनाले’मा उनले खड्ग बहादुर पुनमगर (खबपु) र सुमन कोईरालालाई पछि पार्दै बिजेता बनेका हुन्।

पन्तले उपाधीसँगै २५ लाख रुपैया र कार पुरस्कार पनि जितेका छन्। धादिङ गृहजिल्ला भएका पन्त पहिले पनि यूट्यूबको लागि कमेडि भिडियोहरु बनाउने गर्थे।

ईटहरीका सुमन कोईराला भने रेडियो र स्थानिय टेलिभिजनमा कार्यक्रम चलाउने गर्थे भने रोल्पाका खबपु दोहोरी साँझहरुमा गाउने गर्थे। आज भएको ग्राण्ड फिनालेमा दिग्गज हास्यकलाकारद्वय ‘मह’ अर्थात मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्