Logo

आँचल शर्माले भनिन् ‘पल र मेरो विहे नभए पनि आँप जोडि सधै रहन्छ’ !

भर्खरै डा उदिप श्रेष्ठसंग विवाह गरेकी आँचल शर्मा र उनका साथी पल शाहलाई लिएर अहिले सामाजिक सञ्जालमा फ्यानहरुले केही चर्चा गरिेहेका छन् । पल र आँचलको प्रेम रहेको र आँचलले पललाई धोका दिएर उदिपसंग विवाह गरेको सम्मका चर्चा सामाजिक सञ्जालमा भएका छन् । एउटै फिल्मवाट फिल्म खेल्न सुरु गरेका उनीहरुले एक सय भन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

उनीहरुको जोडीलाई दर्शकले यति मन पराएकी त्यसलाई वास्तविक जोडीको रुपमा हेर्न चाहे ।उनीहरुका बारेमा प्रेम र विवाहका योजना सम्मका समाचार बनाइए । तर ति समाचारमा पल र आँचल दुवैले कुनै प्रतिकृया दिएनन् । आफ्ना फ्यानहरुले माया गरेर उनीहरुको नाम पनि आँप जोडी बनाइएको थियो । आँचलको आँ र पलको प जोडेर नयाँ नाम आँप बनाइएको थियो ।

उनीहरुको बीच प्रेम रहेको भन्दै आएका कुराहरुलाई आँचल र पलले अस्विकार भने गर्दै आएका थिए । एक वर्ष अघि एउटा अनलाईनमा दिएको भिडियो अन्तरवार्तामा आँचलले आफु र पलकाबीचमा प्रेम नभएको प्रष्ट भनेकी छन् । उनले भविष्यमा के हुन्छ त्यो अहिले नै भन्न नसक्ने भएपनि अहिले भने हामी बीच प्रेम छैन आँचलले भनेकी छन् ।

भोली पलजीसंग विवाह हुन्छ वा हुँदैन भनेर अहिले नै म ठोकेर भन्न सक्दिन किनकी भविष्य कसैले देखेको छैन । तर आजको मितीसम्म हाम्रो प्रेम छैन आँचलले भनेकी छन् । उनले आफुहरुको जोडीलाई मन पराएर दर्शकले बनाइदिएको आँप जोडी भने कहिल्यै नटुट्ने पनि बताएकी छन् । आफुहरुको सम्बन्ध फरक भएका कारण दुई जनाको फरक फरक ब्यक्तिसंग विवाह भए पनि आँप नाम र जोडी भने संधै रहने उनले बताएकी छन् ।

धेरै फिल्ममा पलसंग खेलेका कारण दर्शकले मन पराएर बनाइदिनु भएको आँप जोडी संधै रहन्छ, उनले भनिन् यो नामले इतिहास बनाउन सक्छ । तर प्रष्ट हुनुस् हाम्रो प्रेम भने होइन ।पलसंगै नाई नभन्नु ल ४ वाट फिल्म खेल्न सुरु गरेकी आँचलले भर्खरै डा उदिप श्रेष्ठसंग विवाह गरेकी छन् । उनको विवाह र रिसेप्सन पार्टीको भब्यतालाई लिएर सामाजिक सञ्जालमा अफै पनि चर्चा जारी छ । रिसेप्सन पार्टीमा हेलिकप्टरमा चढेर सहभागी हुन आएका उनीहरुले लगाएको ड्रेसका बारेमा पनि चर्चा गरिएको छ । आँचलले लगाएको लेहेंगा र गहनाको मुल्यका बारेमा सामाजिक सञ्जालमा चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्