Logo

कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेकोछ हलमा छैनन् नयाँ फिल्म !

कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्रमा पनि संकट देखा परेको छ । हलमा नयाँ फिल्म रिलिज हुन सकेका छैनन् भने प्रदर्शनरत फिल्म पनि उत्रिने अवस्थामा छन् ।फागुन ३० मा रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि स्थगित गरियो । अर्को फिल्म ‘नीरफूल’ पनि तत्काल प्रदर्शनमा नआउने भयो ।

कतिपय बलिउड र हलिउडका फिल्मको पनि निर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । अब फिल्म हलमा दुईवटा मात्र विकल्प छन् – कि त हल नै बन्द गर्नुप¥यो । या त पुराना फिल्म प्रदर्शन गर्नुपर्‍यो ।सिङ्गल थिएटरमा फिल्म नहुँदा प्रदर्शन गरिएका फिल्म पुनः प्रदर्शन हुने गर्थे ।

यतिबेला भने फिल्मको अभावले प्रदर्शन भइसकेका फिल्म मल्टिप्लेक्समा पनि पुनः प्रदर्शन हुने अवस्था आएको छ ।नेपालमा सबैभन्दा ठूलो चेन भएको क्युएफएक्स सिनेमाले केही हलमा यसअघि नै प्रदर्शन गरिएको फिल्म ‘लभ डायरिज’ लाई पुनः हलमा प्रदर्शन गरेको छ ।

यतिबेला नेपालमा फिल्म ‘आमा’ केही हलमा प्रदर्शन भइरहेको छ भने अरु बलिउड र हलिउड फिल्म पनि प्रदर्शनरत छन् ।नयाँ फिल्म प्रदर्शन हुन नसक्दा हलमा आउने फिल्मको सूची नै खाली छ । न त छिट्टै आउने फिल्मको सूचीमा पनि कुनै फिल्मको नाम छैन ।कोरोना भाइरस संक्रमणको भयले हलमा दर्शक उपस्थित भएका छैनन् । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिए पनि नेपाली दर्शकले भने सचेतता अपनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्