Logo

छुट्ने बित्तिकै रतन तिरुवाको चेतावनी धोकेवाजहरुलाई बाँकी नराख्ने घोषणा …..(भिडियो सहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि हालै जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा आज धरौटीमा छुटेका छन् । तिरुवा प्रचण्डमाथि जुत्ता प्रहारको प्रयासमा पक्राउ परेका थिए ।

उनलाई आजमात्रै काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय धरौटीमा रिहाई गरिएको हो । रिहाईपछि पत्रकार जन्मदेव जैशीले तिरुवाको जिम्मा लिएका छन् । गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए ।

उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका थिए । विगतमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । एक युवकले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । दश वर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । देशकै शक्तिशाली दलका अध्यक्ष रहेका प्रचण्डको सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्