Logo

कोरोनाको त्रास: डेढ महिना सिनेमा हल बन्द हुने

उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’को बुधबार बसेको बैठकले डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।  बिहिबारबाट बन्द हुने हलहरु अप्रिलको ३० सम्म बन्द हुनेछन् ।

डेढ महिनासम्म हल बन्द हुदाँ रिलिजको तयारीमा रहेका धेरै चलचित्रलाई असर गर्ने देखिएको छ ।

यसअघि नै फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’, चैतको ७ गते रिलिज हुने भनिएको चलचित्र ‘नीरफूल’, चैत २१ लाई रिलिज मिति पक्का गरेको ‘लक्का जवान’ र चैत २८ गते रिलिज हुने चलचित्र ‘माइकल अधिकारी’को प्रदर्शन स्थगन गरिसकेका छन् ।

अब भने चैत २८ मा नै रिलिज हुने भनिएका २ चलचित्र ‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’ पनि सर्न बाध्य भएका छन् । त्यस्तै, बैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २’ र ‘हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित नै भएको छ ।

कोरोनाको नेपालमामात्र होइन, भारतमा पनि सिनेमा हलहरु बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्