Logo

बालबालिकासँग काटिन आँचलले केक

चैत ५ गते आँचल शर्माको जन्मदिन हो । बुधबार पारेको चैत ५ गते आँचल २४ वर्षमा लागेकी छिन् । उनले जन्मदिन खास रुपमा मनाइन् ।

उनी गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी छिन् । गत वर्ष जन्मदिन मनाएको ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’मा नै पुगेर त्यहाँका ४८ जना बालबालिकासँग आँचलले केक काटेकी थिइन ।

नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा पनि वितरण गरेकी थिइन् । उनले त्यहाँ चामल, दाल, तरकारी लगायतका खाद्यान्न पनि सहयोग गरिन् । आँचलले उक्त केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बचन दिएकी छिन् ।

हालै बिबाह बन्धनमा बाँधिएकी आँचल आफ्नो श्रीमान उदिप श्रेष्ठ र बाबु–आमासँग त्यहाँ पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्