Logo

अब बोल्ड बन्ने पालो सुपुष्पाको !

चलचित्र चपली हाइटको सिरिजमा कोही न कोही नायिका आफूलाई हट अवतारमा प्रस्तुत गर्ने गर्छन् । ‘चपली हाइट’को पहिलो सिरिजमा नायिका विनिता बराल र दोस्रोमा परमिता आरएल राणा बोल्ड अवतारमा प्रस्तुत भएका थिए । तेस्रो सिरिजमा नायिका सुपुष्पा बोल्ड अवतारमा प्रस्तुत भएकी छन् ।

बुधबार सार्वजनिक गरिएका तस्विरमा सुपुष्पालाई बोल्ड अवतारमा देखाइएको छ । सार्वजनिक तस्विरमा सुपुष्पा स्विमिङ पुलमा देखिएकी छिन् । जहाँ उनी निलो बिकिनीमा सहित प्रस्तुत भएकी छिन् । जहाँ उनी निकै हट देखिएकी छिन् ।

अर्जुन कुमारको लगानी रहेको ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेको छन् । चलचित्रमा सुपुष्पासँगै स्वस्तिमा खड्का, महेश त्रिपाठी, आमिस गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

चैत २८ गते रिलिज हुने भनिएको यस चलचित्र चलचित्र हल बन्द हुने भएपछि अनिश्चित समयको लागि स्थागन भएको छ ।

प्रतिक्रिया दिनुहोस्