Logo

यि हुन् बाघ सङ्ग लडेर आफ्नी छोरी बचाउने शाहसी आमा सम्मन सोरुप १ शेयर गर्नुहोस !

तनहुँकी एक महिला चितुवाको आक्रम* णमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन्।क्लागण्डकी नगरपालिका ३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्र*मण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितु*वासँग लडेर छोरीलाई बचाएकी हुन्।घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आ*क्रमण गरी लगेको थियो।

छोरीलाई चितु*वाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवा*सँग लडेर छोरी बचाएकी खबर आजको गोरखापत्र दैनिकमा तनहुँबाट अमरराज नहर्कीले लेखेका छन्। चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एकरएकवटा न*ङ्ग्रा गाडेर घाइते बनाएको छ। अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिए।

‘गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ। आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्’, न्यौपानेले।आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन्।चि* तुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्या*उँदै चितुवाको पछिपछि दौडिएँ।

छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आ* क्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भाग्यो,’ उनले भनिन्।चितुवाको आक्रम८ णबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृ*त्यु भइसकेकाले गाउँमा चितु*वाको त्रा*स बढेको इन्दिराले बताइन्।

घटना*स्थलको अध्ययन गर्न पुगेका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले घरदेखि ५० मिटर तल बालिकालाई लगेको अवस्थामा आमाले चि*तुवाबाट बालिकालाई खोस्न सफल भएको बताए।‘आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था थियो। आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौँ,’ बरालले भने।

प्रतिक्रिया दिनुहोस्