Logo

सरकारको आदेश नसुनी छायांकन भइरहेछन् यी चलचित्र

नेपाल सरकारले २५ जना भन्दा बढि भिडभाड नगर्न आदेश दिइसकेको छ । निकै भिडभाड हुने चलचित्रको छायांकनमा भने यसको प्रभाव खासै देखिएको छैन । छायांकनमा रहेका ४ चलचित्रले निरन्तर चलचित्रको छायांकन गरिरहेका छन् ।

हाल छायांकनमा रहेका चलचित्र भने सुटिङ रोक्ने पक्षमा पनि छैनन् । उच्च सामधानी अपनाएर चलचित्रको छायांकन निरन्तर गर्ने चलचित्रकर्मीको भनाई छ ।

छायांकनरत चलचित्र ‘ए मेरो हजुर ३’का निर्माता सुनिल कुमार थापा विशेष साबधानीका साथ चलचित्रको छायांकन गर्ने बताउँछन् । लगानी धेरै भइसकेकाले छायांकन नरोक्ने उनको भनाई छ ।

त्यस्तै, ‘परदेशी २’ चलचित्रका निर्देशक नारायण रायमाझी पनि चलचित्रको छायांकन रोकिहाल्ने अवस्थामा छैनन् । गाउँ भेगमा चलचित्रको छायांकन भइरहेकाले रोकिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए ।

एक साता अगाडि निर्देशक दीपेन्द्र लामा टिम लिएर ‘२ नम्बरी’को छायांकनको लागि कास्की पुगेका छन् । उनी पनि अहिले नै चलचित्रकोफ छायांकन नरोक्ने बताउँछन् । त्यस्तै चलचित्र ‘डेसन’को पनि अहिले धमाधम छायांकन चलिरहेको छ । यस चलचित्रमा निर्माण पक्ष पनि छायांकन रोक्ने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्