Logo

डाक्टर – नर्स पनि मास्कको लाइनमा…….(भिडियो सहित)

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको बाहिर रहेको साझा स्वास्थ्य सेवाको औषधी पसलमा शुक्रबार बिहानैदेखि लाइन थियो। महिला, पुरूष छुट्टाछुट्टै लाइनमा थिए भने अर्को लाइनमा एप्रोन लगाएका डाक्टर, नर्स उभिएका थिए।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका मास्क साझाका चार वटा औषधी पसलबाट बिक्री गरिएको हो। लाइनमा बसेका एक जनालाई ११ वटा मास्क दिइएको छ भने त्यसको मूल्य ५० रुपैयाँ पर्छ। मास्क लिनेहरूको भीडभाड बढे साझाका औषधी पसलमा प्रहरीले परिचालन गरिएको छ।


‘हामीले नेपाल प्रहरी अस्पताल, भक्तपुर र कपनबाट पनि मास्क बाँडिरहेका छौं,’ साझा स्वास्थ्य सेवा काठमाडौं शाखाका प्रमुख पशुपति सापकोटाले भने। धेरै मास्क चाहिनेहरूलाई साझाको केन्द्रीय कार्यालय कपनबाट वितरण भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्