Logo

कनिकालाई कोरोना संक्रमण

गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएको छ । लण्डनमा केही समय बिताएकी कनिकालाई कोरोना संक्रमण देखिएको हो ।

कनिका केही दिन लखनउमा पनि बसेकी थिइन् । लखनउको एक होटलमा उनले साथीहरुलाई पार्टी दिएकी थिइन् । त्यहाँ अन्यलाई पनि कोरोना लागेको हुनसक्ने डाक्टरहरुको अनुमान छ । कनिकालाई लखनउ कै आइसोलेसनमा राखिएको थियो ।

कनिकाले आफूलाई कोरोना लागेको लुकाएकी थिइन् । तर, अहिले परिक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको छ ।

‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिका बलिउडकी व्यस्त गायिकामा गनिन्छिन् । उनले आफ्नो स्वरबाट धेरै फ्यानहरु कमाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्