Logo

खुले चिनका सिनेमा हलहरु

कोरोनाको त्रासका कारण बन्द भएका चिनका सिनेमा हलहरु खुलेका छन् । कोरोनाको संक्रमण कम हुदैँ गएपछि चिनका हलहरु खुल्न थालेका हुन् ।

एक टिकट एप्सका अनुसार चिनका १७ वटा हलहरुमा चलचित्रको प्रदर्शन सुरु भएको छ । उच्च सावधानी अपनाएर चलचित्रको प्रदर्शन सुरु गरिएको हो ।

पहिलो दिन हलमा आएका दर्शकलाई कोरोना परिक्षण गरेर मात्र हल प्रवेश गराइएको थियो । पहिलो दिन आएका कोही पनि दर्शकलाई कोरोना संक्रमण देखिएन । पहिलो दिन संचालनमा आएका हलहरुबाट जम्मा १ हजार ७० डलर मात्र कमाई भयो ।

चिनबाट सुरु भएको कोरोना अहिले विश्वभर छाइरहेको छ । अन्य देशका हलहरु बन्द भइरहेको अवस्थामा चिनमा भने हल संचालन हुन थालेको छ । यो चिनको लागि सुखद पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्