Logo

कोरोना भाइरस नेपालमा नभित्रियोस भनेर शिवधाममा यज्ञ !

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस भनेर कञ्चनपुरको शिवधाममा यज्ञको आयोजना गरिएको छ । नेपालमा कोरोनाको संक्रमण नहोस् भनेर शिवधाम क्षेत्र विकास समिति र अन्य धार्मीक संघ संस्थाले पशुपतिनाथको श्रीविग्रहमा महारुद्राभिषेक तथा महापुजाको आयोजना गरेको शिवधाम विकास समितिका अध्यक्ष हेमविक्रम थापाले बताएका छन् ।

उनले नेपालमा कोरोना भाइसरको संक्रमण नहुने बताएका छन् । सबैले आ–आफ्नो क्षेत्रमा भगवानको पुजा गरे देशमा कुनै पनि संकट नआउने उनको भनाइ थियो । त्यस्तै गुरुभूमि फाउन्डेशनका अध्यक्ष सुशील पाण्डेयले विकसित मुलुकमा जस्तो नेपालमा उपचारका लागि व्यवस्था नभएको बताएका छन् । शिवधाम क्षेत्र विकास समितिले २५ जनाभन्दा बढी भीडभाड हुन नदिन आलोपाले गरी महापूजामा सरिक हुने व्यवस्था मिलाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्