Logo

आइसोलेशनमा रहेका बिरामीमा कोरोना देखिएन ! सेयर गरौ

सिन्धुली जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ ।

काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए । गत बुधबार ज्वरो अत्याधिक आएपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

यसैविच सिन्धुली अस्पतालले फिबर क्लिनिक आइतबारदेखि सञ्चालन हुने भएको छ । खोकी तथा ज्वरो आएका बिरामीको उपचार छुट्टै गर्ने व्यवस्था मिलाइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्