काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ।
देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
निगमले बजारको मागअनुसार एलपी ग्यासको आयात अधिकतम वृद्धि गर्न उद्योगहरूलाई आग्रह गरेको छ। साथै, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउनसमेत निर्देशन दिएको छ।

















प्रतिक्रिया