Logo

५ दिन भित्र ३ लक्षण देखिए हुनसक्छ कोरोना( सचेत रहनुस)

कोरोना भाइरसको खतरा दिनप्रतिदिन बढ्दै गएको छ । यस घातक भाइरसको शिकार हुनेको संख्या पनि हरेक दिन बढ्दो क्रममा छ ।
कोरोनाका कारण पुरा विश्व भयभित बनेको छ । हालै प्रकाशमा आएको एक रिर्पाेट अनुसार ५ दिन भित्र शरीरमा ३ विशेष लक्षण देखिए कोरोना भाइरसको संक्रमण हुनसक्ने बताइएको छ ।

जर्नल एनल अफ इन्टरनल मेडिसिनको एक रिपोर्ट अनुसार कोरोना भाइरसको ३ खास प्रकारका लक्षणहरु देखा पर्दछन् । यदि पाच दिनको अवधीमा यि ३ लक्षण देखा परे कोरोनाको संक्रमण हुने खतरा हुन्छ ।

१. अमेरिकी शोधकर्ताद्वारा जारी गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणमा आएको ५ दिन भित्र एकाएक सुख्खा खोकी आउन शुरु हुन्छ ।

२. यसको संक्रमित बिरामीमा असामान्य उच्च ज्वरो आउँछ । शरीरको तापमान १ सय ०४ डिग्रीभन्दा बढि हुन्छ । यो कोरोना भाइरसको दोश्रो लक्षण हो ।

३. कोरोना भाइरसको संक्रमित ब्यक्तिमा ५ दिन भित्र स्वास फेर्न गाह्रो हुन्छ । रिपोर्ट अनुसार फोक्सोमा यसले समस्या बढाउन थाल्छ ।

वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको यि ३ लक्षणलाई प्रमुख मानेको छ । यसका अलावा शरीरको दुखाई, रुघा लगायतका लक्षणले पनि कोरोनाको संक्रमण हुने संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्