Logo

नेपालले चीनलाई पठायो मेडिकल सामग्री सहितको सूची !

नेपाल सरकारले कोरोना भाइरससँग लड्ने पूर्वतयारीका लागि चीन सरकारसँग केही अत्यावश्यक सहयोग लिने भएको छ ।चीनका तर्फबाट नेपाललाई आवश्यक सहयोगको सोधनी केही दिन अघि भएको थािये । सोही अनुसार स्वास्थ्य मन्त्रालयमार्फत सरकारले केही अत्यावश्यक सामग्री चीनसँग सहयोग लिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“स्वास्थ्य मन्त्रालयले नभई नहुने मेडिकल सामग्री चिजहरु छन् , तिनीहरुको लिस्ट परराष्ट मन्त्रालयलाई पठाएको छ , त्यही लिस्ट चीनलाई सञ्चार गरिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयले पठाएको लिस्ट अनुसार मास्कदेखि भाइरस पत्ता लगाउने मेसिन सम्मका सामग्री रहेका छन् । झण्डै डेढ महिना पहिले नेपालले चीनलाई एक लाख मास्क सहयोग गरेर छिमेकीको सौहार्दता प्रकट गरेको थियो ।

सोही अनुसार चीनले पनि आवश्यक परेको सहयोग गर्ने बचन अनुसार यसपटक सरकारको उच्चस्तरमा सोधेपछि चीनसँग सहयोग लिन थालिएको मन्त्रालयले जनाएको छ । करिब ४० हजार मास्क, भाइरल डिटेक्टिभ मेसिन र सिआरटी मेसिन ४० थान, तथा भेन्टिलेटर एकसय थान, मोनिटर दुइहजार थानको हाराहारीको सूची लिस्टमा रहेको जनाइएको छ ।

त्यस्तै मोबाइल एम्बुलेन्स, इन्फेक्सन नसर्ने मोबाइल, अक्सिजन प्लान्ट, थर्मो स्क्यानर लगायतका सामग्री पनि सूचीमा रहेको छ । यि सहित अन्य मेडिकल सामग्री पनि त्यो सूचीमा समावेश छ । चीनले आफ्नो अनुभवको आधारमा परेको खण्डमा चिकित्यकीय टोलीको सहयोग भिडियोमार्फत गर्न सक्ने जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्