Logo

विश्वमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा

स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ ।यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोभिड–१९ संक्रमितको संख्याका आधारमा मृत्युदर ४.४० प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै युरोपेली मुलुक इटलीमा ५३ हजार ५७८ जनामा संक्रमण भएकोमा ४ हजार ८२७ जनाको मृत्यु भएको छ । इटलीको यो मृत्युदर ९.० प्रतिशत हो ।युरोपकै अर्को मुलुक स्पेनमा मृत्युदर ५.३१ रहेको छ । हालसम्म २४ हजार ९२६ जनामा संक्रमण भएकोमा १ हजार ३२६ जनको मृत्यु भएको छ ।

बेलायतमा मृत्युदर ४.४६ प्रतिशत रहेको छ । त्यहाँ ५ हजार १८ जनामा संक्रमण देखिएकोमा २३३ जनाको मृत्यु भएको छ ।फ्रान्समा मृत्युदर ३.९३ प्रतिशत रहेको छ । त्यहाँ हालसम्म १४ हजार २९६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा ५६२ जनाको मृत्यु भएको छ ।टर्कीमा हालसम्म ९४७ जनामा संक्रमण भएकोमा २१ जनाको मृत्यु भएको छ । यो मृत्युदर २.२१ प्रतिशत हो ।

संयुक्त राज्य अमेरिकामा मृत्युदर १.३२ प्रतिशत रहेको छ । हालसम्म १५ हजार २१९ जनामा संक्रमण भएकोमा २०१ जनाको मृत्यु भएको छ ।एशियाली मुलुकमा सबैभन्दा बढी मृत्युद इण्डोनेशियामा देखिएको छ ।हालसम्म ५१४ जनामा संक्रमण भएकोमा ४८ जनाको मृत्यु भएको छ । यो मृत्यु दर ९.३३ प्रतिशत हो । हालसम्ममा यो नै सबैभन्दा बढी मृत्युदर हो ।

एशियाली मुलुकमा बढी मृत्युदर देखिएको अर्को देश हो इरान । यहाँ हालसम्म २१ हजार ६३८ जनामा संक्रण फेला परेकोमा १६८५ जनाको मृत्यु भएको छ । यो मृत्युदर ७.७८ प्रतिशत हो ।जापानमा कोभिड–१९ संक्रमणको मृत्युदर ३.४४ प्रतिशत रहेको छ । हालसम्म १ हजार ४६ जनामा संक्रमण भएकोमा ३६ जनाको मृत्यु भएको छ ।

भारतमा मृयुदर १.४६ प्रतिशत रहेको छ । हालसम्म ३४१ जनामा संक्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको छ ।कोभिड–१९ उत्पति भएको देश चीनमा हालसम्म ८१ हजार ४९९ जनामा संक्रणम फेला परेकोमा ३ हजार २६७ जनाको मृत्यु भएको छ । यो मृत्युदर ४.० प्रतिशत हो ।

अफ्रिकी मुलुकहरूमा संक्रमण देखिन थाले पनि मृत्युको संख्या थोरै छ ।

प्रतिक्रिया दिनुहोस्