Logo

नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

सरकारले भोलिबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस -कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक भोलि विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो । खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्