काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगले बुधबार विवरण अद्यावधिक गर्दै सम्बन्धित पक्षलाई पत्राचारसमेत गरेको हो।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार गगनकुमार थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए। त्यस्तै, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित २० जना पदाधिकारी र २३१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने तयारीसहित निर्वाचन कार्यतालिका आयोगमा बुझाएको थियो।
तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आफ्नो पूर्वनिर्णयलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिको विवरण अद्यावधिक

















प्रतिक्रिया