Logo

कोरोनाका कारण इटालीमा २३ डाक्टरको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो !

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १५ हजार तीन सय २१ पु्गेको छ । त्यस्तै विश्वभरमा कोरोना संक्रमितको संख्या तीन लाख ५० हजार पुगेको छ । विश्वलाई नै त्रसित बनाएको कोरोनाका कारण इटालीमा पनि ५ हजार ४ सयभन्दा धेरैको मृत्यु भएको छ ।


यस्तै इटालीमा हालसम्म कोरोनाकै कारण उपचारमा खटिएका २३ डाक्टरको मृत्यु भएको जनाइएको छ । कोरोनाका कारण मृत्यु हुने २३ जना मध्ये १९ जना डाक्टर लोम्बार्डी क्षेत्रको रहेको बताइएको छ । कोरोनाका कारण हालसम्म इटालीमा मात्र ४ हजार ८ सय २४ स्वास्थ्यकर्मी संक्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्