कोरोना कोभिड–१९ को महामारीको बढ्दैछ : डब्लूएचओ
विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ
महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो, दोस्रो १ लाखका लागि ११ र तेस्रो १ लाखका लागि मात्र ४ दिन लागेको छ ।’
उनले जी–२० राष्ट्रहरुलाई कोरोनाभाइरसको संक्रमणसँग लड्नका लागि आवश्यक स्वास्थय सामग्री निर्माण गर्नका लागि सहकार्य गर्नका लागि आह्वान गर्ने पनि बताए । डब्लूएचओका अनुसार २ करोड ६० लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमितको उपचारमा संलग्न हुने अनुमान गरेको छ । र, केही हप्तामा नै यसले विश्वको स्वास्थ्य व्यवस्थालाई धरासायी बनाउन सक्ने चेतावनी दिएको छ ।