Logo

आज बिहान ६ बजेदेखि देशभर लकडाउन, अत्यावश्यक सेवाबाहेकका कार्यालय बन्द

काठमाडौं – सरकारले भोली बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । एक सातासम्मका लागि लकडाउन गर्ने सरकारको निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द हुने भएका छन् ।

आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले अति आवश्यकक सेवा बाहेक अन्य कार्यालय बन्द हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्