Logo

महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले जानकारी दिनुभयो ।

यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गर्नुभएको छ ।

कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्