Logo

कोरोनाले थपेको पीडा : भिसा सक्किएपछि कम्पनीले टिकट काटेर फर्कायो स्वदेश,९३ हजार ट्याक्सीभाडा तिरेर घर आए

कोरोनाले थपेको पीडा : ९३ हजार ट्याक्सीभाडा तिरेर स्वदेश फिर्ता
सरकारले घोषणा गरेको लकडाउनको पहिलो दिन सिराहा सुनसान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बजार क्षेत्रमा निगरानी गरिरहेको छ । सदमुकामसँगै मुख्य बजार लहान, मिर्चैया, गोलबजार, धनगढीमाई, कल्याणपुर, बरियारपट्टी, बन्दीपुरलगायत ग्रामीण भेगमा पनि चहलपहल न्यून भएको छ ।

२३ जना क्वारेनटाइनमा

खाडी मुलुक र भारतका विभिन्न सहरबाट नेपाल आएका २३ जनालाई क्वारेनटाइनमा राखिएको छ । मंगलबार बिहान सिराहाको मुख्य भन्सार माडर खैरटोका आइपुगेका उनीहरूलाई क्वारेनटाइनमा राखिएको हाे ।

२३ जनामध्ये तीनजना खाडी मुलुक दुबईवाट आएका हुन् । चारजना महिलाह भारतको बेंग्लाेरबाट र अहमदाबाद तथा राजस्थानबाट आएका अन्य १६ जना छन् ।

क्वारेन्टाइनका क्रममा उनीरूलाई सीमानजिकै रहेको ब्रजमोहन मब्बुराम जनता माध्यमिक विद्यालयमा राखिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।

९३ हजार ट्याक्सीभाडा

युएईबाट दिल्ली पुगेका तीनजना नेपाली युतवीले ९३ हजार ट्याक्सीभाडा तिरेर सिराहाको माडर भन्सार आएका छन् । उनीहरू सिराहा, खोटाङ र झापाका बासिन्दा हुन् । भिसा सक्किएपछि कम्पनीले टिकट काटेर फर्काएको उनीहरूले बताए । ट्रान्जिट फ्लाइटको क्रममा दिल्ली एयरपोर्ट पुगेका उनीहरूले काेरोना भाइरसको चेक गर्ने क्रममा विमान छुटेपछि ट्याक्सीमा स्वदेश आएको बताए ।

पटनामा स्क्रिनिङ गरेर नेपाल प्रवेश

यता भारतको बेंग्लोरबाट नेपाल आउँदै गरेका चारजना नर्सिङका विद्यार्थीहरूलाई पटनामा स्क्रिनिङ गरेर नेपाल प्रवेश गर्न अनुमति दिएको छ । पटना रेल्वेबाट उनीहरूलाई स्क्रिनिङ गरेपछि हातमा स्ट्याम्प लगाइएको छ । दुईजना मोरङको उर्लाबारी, एकजना झापाको सतासीधाम र एकजना पाँचथरको छात्रा रहेका छन् । उनीहरूको हातमा २३ मार्च २०२० र स्क्रिनिङ गरेको डिपाटमेन्टको लोगो छ ।

प्रतिक्रिया दिनुहोस्