Logo

कोरोनाको उपचारका लागि चाहिने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान

सरकारले कोरोनासम्बन्धि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कतिपय स्वास्थ्य सामाग्रीहरुको अभाव भएकाले अन्तर्राष्ट्रिय बजारबाट ल्याउन सक्ने व्यवसायीलाई आह्वान गर्ने निर्णय गरेको हो । ‘कतिपय स्वास्थ्य उपकरण स्थानीय बजारमा नभएकाले अन्तर्राष्ट्रिय बजारबाट जसले ल्याउन सक्छ त्यसका लागि निजी क्षेत्रका व्यवसायीलाई आह्वान गर्ने निर्णय भएको छ’ बैठकपछि मन्त्री खतिवडाले जानकारी दिए ।

तर त्यसरी उपकरण ल्याउन निश्चित समय तोक्ने सरकारको भनाइ छ ।कोरोनाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण नभएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएका बेला सरकारले यस्तो निर्णय गरेको हो । त्यस्तै बजारमा यस्तै बैठकले सिमानामा अड्किएकाहरुलाई छाड्ने निर्णय पनि गरेको छ ।

तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ । समितिले कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुमा चाडै यन्त्र उपकरणहरु जडान गर्ने र देशका विभिन्न स्थानबाट कोरोना परिक्षणका लागि टेकुमा ल्याइने नमुना छिटो ल्याउने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्