Logo

अमेरिकामा बस्ने नेपालीको कोरोना भाइरसका कारण मृत्यु !

मेरिकामा बस्दै आएका एकजना नेपालीको नोभल कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पुर्ख्यौली घर पाँचथर भएका रमेश लीला सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो। पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए।

उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय संचालन गरिरहेका थिए। साविक रानीगाउँ–४ निवासी उनको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बुले दिएकी छन्। सम्वाहाङ्फे परिवारसहित अमेरिकामा बसेर व्यावसायमा संलग्‍न थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्