Logo

कोरोना संक्रमणको आशंकामा दुबईबाट फर्किएका एक व्यक्तिलाई काठमाडौं पठाइयो !

हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशंकामा जचाउन मंगलबार प्रादेश अस्पताल जनकपुरधाम आएका थिए ।

तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाएको छ । ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल पठाइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्