स्पेनमा झण्डै ४० हजार कोरोना संक्रमित, एकै दिनमा ५ सयको मृत्यु !
कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले स्पेनमा झन् भयावह रुप लिदैछ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५१४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मंगलबार स्थानीय समय मध्यान्न १२ बजेसम्म ३९६७३ जनामा संक्रमण भेटिएको छ। कोभिड–१९ का कारण हालसम्म २६९६ जनाले ज्यान गुमाएका छन् भने ३७९४ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । कोरोनाका कारण म्याड्रिडमा मात्र १५३५ जनाले ज्यान गुमाइकेका छन् । त्यो जम्मा मृत्यु हुने संख्याको ५७ प्रतिशत हो । म्याड्रिडमा १२ हजार ३ सय ५२ जनालाई कोरोनाको संक्रमण देखिएको छ । नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।