Logo

कोरोना भाइरस विरुद्ध लड्न नेपाल सरकारलाई ग्लोबल आइएमई बैंकले दियो रु १ करोड १५ लाख !

ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरु’द्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु एक करोड योगदान गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्