Logo

‘इटालीमा रेकर्डमा भन्दा १० गुणा बढी संक्रमित हुन सक्छन्’ !

इटालीमा आधिकारिक रुपमा दर्ता भएका संक्रमितको सङ्ख्याभन्दा १० गुणा बढी हुनसक्ने देशको सिभिल प्रोटेक्सन एजेन्सीका प्रमुखले बताएका छन् । ‘हरेक आधिकारिकरुपमा दर्ता संक्रमितको सङ्ख्यामा त्यहाँ १० जना दर्ता नभएका संक्रमित छन्,’ एन्जेलो बोरेलीले ला रिपब्लिका दैनिकसँग कुराकानी गर्दै भने । उनको कार्यालय पनि उनको भनाइ आधिकारिक भएको प्रतिक्रिया दिएको छ ।

बोरेलीको अनुमानको अर्थ इटालीमा हाल ६ लाखभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित हुनसक्छन् । इटालीमा हालसम्म ६३ हजार ९६७ संक्रमित आधिकारित रुपमा दर्ता भएका छन् ।

यही कारणले इटालीमा अन्य देशको तुलनामा मृत्यु दर बढी भएको बताइएको छ । मार्च २२ सम्म विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार इटालीमा मृत्यु दर ९ प्रतिशत रहेको छ । यदी संक्रमितको सङ्ख्या १० गुणा हुने भने मृत्यु दर ०.९ प्रतिशत रहेको छ । यसले दक्षिण कोरियामा रहेको ०.६ प्रतिशतको मृत्युदरको नजिक ल्याउँछ ।

एजेन्सीले लगातार दोस्रो दिन नयाँ संक्रमितको सङ्ख्यामा कमी आएको बताएको छ । तर, केही घण्टापछि यो साँचिक्कै घट्दो दरमा रहेको या नरहेको थाहा हुने बोरेलीले बताएका छन् ।

सीएनएनबाट

प्रतिक्रिया दिनुहोस्