Logo

कोरोनाभाइरस: प्रतिबन्ध उल्लङ्घन गर्दै नेपाली यात्रु ल्याउने अन्तर्राष्ट्रिय वायुसेवालाई स्पष्टीकरण

कोरोभाइरसको जोखिमलाई ध्यान दिँदै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमाथि यात्रु ल्याउन प्रतिबन्ध लगाएकोमा त्यसको पालना नभएकोबारे अनुसन्धान अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

कतिपय वायुसेवाले सरकारले प्रतिबन्ध लगाएका गन्तव्यबाट नेपाली यात्रुहरूलाई ल्याएको र प्रतिबन्धका बावजुद उनीहरूलाई अवतरणको अनुमति दिइएको थियो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले उक्त विषयमा छानबिन अघि बढाइएको बीबीसीलाई बताए।

कोरोनाभाइरसको महामारी विश्वव्यापी सङ्कट भएको भन्दै अधिकारीहरूले त्यसले उड्डयन क्षेत्रलाई अस्तव्यस्त बनाएको र अन्य देशहरूले पनि उडान प्रतिबन्धको कार्यान्वयन गर्न चुनौती खेपेको उल्लेख गरेका छन्।

छानबिन

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्छन्, “हामीले त्यस्ता अन्तर्राष्ट्रिय उडानमार्फत्‌ ल्याइएका यात्रुहरूलाई क्वारन्टीनमा पठाएका छौँ र के कारणले त्यस्तो अवस्था आयो भनेर छानबिन गरिरहेका छौँ।”

मङ्गलबारबाट पूर्ण रूपमा आवतजावतमा रोक लगाउने निर्णय भएपछि सुरक्षा निकायका विमान र तोकिएका उडानबाहेक अन्य सबै आन्तरिक र व्यावसायिक उडानहरू बन्द गरिएका छन्।

यसअघि आइतवारबाट लागु हुने गरी एक सातासम्म यात्रु बोकेका कुनै पनि विमानलाई नेपालमा अवतरण गर्न नदिने र नेपालमा अवतरणको अनुमति लिएका विमानमार्फत् यात्रु भने लैजाने दिने नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको थियो।

कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने
विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका व्यवस्थापक देवेन्द्र केसीले नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा तीनवटा वायुसेवासँग स्पष्टीकरण सोधिएको जानकारी दिए।

उनी भन्छन्, “हामीले इन्डियन एअरलाइन्स, सिल्क एअर र इतिहाद एअरलाई स्पष्टीकरण सोधेका छौँ। हामीले आफ्नो तर्फबाट सक्दो समन्वय गरिरहेका छौँ र सरकारको निर्णय कार्यान्वयन गराउन लागिपरेका छौँ।”

कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
७२ जना क्वारन्टीनमा
कोरोनाभाइरसको महामारीलाई विश्वव्यापी कहरको सङ्ज्ञा दिदैँ उनले अन्य देशका विमानस्थलहरूले पनि यस्ता खालका चुनौती खेपिरहेको उल्लेख गरे।

अधिकारीहरूले युरोप, पश्चिम एशिया र खाडी क्षेत्रसहित विभिन्न देशबाट हवाई यात्रु बोक्न प्रतिबन्ध लगाउने पहिलाको निर्णय र आवागमनका लागि सबै हवाई यात्रुमाथि प्रतिबन्ध लगाउने निर्णय पछिल्लो निर्णय गरिएयता ७२ जनालाई क्वारन्टीनमा पठाइएको जानकारी दिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यलयका प्रमुख सागर आचार्यले कुनै पनि विदेशीलाई प्रवेश नदिइएको र आफ्नै देशका नागरिक भएकाले नेपालीहरूलाई क्वारन्टीनमा पठाइएको उल्लेख गरे।

चीनको वुहानबाट उद्दार गरिएका नेपालीहरूलाई राखिएका खरिपाटीस्थित क्वारन्टीनमा उनीहरूलाई राखिएको जनाइएको छ।

यात्रा प्रतिबन्धको घोषणा गरेका मुलुकमा रहेका नेपालीहरूलाई सरकारले देश फर्कन प्रतिबन्ध लगाएपछि कैयौँले त्यसलाई राज्यले आफ्नो नागरिकको हकमा अपनाउनुपर्ने न्यूनतम कदमलाई पनि बेवास्ता गरेको रूपमा अर्थ्याएका थिए।

कोरोनाभाइरस प्रकोपको त्रास चुलिँदा उठेका प्रश्नहरू
विदेशबाट नेपाल फर्किएकी युवतीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि
उनीहरूले राज्यले सङ्कटको अवधिमा आफ्ना नागरिकहरूलाई उद्धारमा केन्द्रित गर्नुपर्ने माग गरे पनि सरकारले बाहिर भएकाहरूलाई तत्कालै स्वदेश फर्काउनुपर्ने अवस्था नरहेको बताएको थियो।

अघिल्लो साता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बीबीसीलाई दिएको अन्तर्वार्तामा उक्त निर्णय कोरोनाभाइरस विरुद्धको लडाइँका लागि महत्त्वपूर्ण रणनीति भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्