कोरोना भाइरसविरुद्ध पुरा विश्व युद्ध स्तरमा सक्रिय छ । तथापी यो नियन्त्रणमा भने आउन सकेको छैन । कोरोनाको जोखिम बढ्दै जादाँ अधिकाशं मानिस यसबाट कसरी बच्ने भन्नेमा सचेत भइरहेका छन् ।
विशेष त यो समय सरसफाईमा ध्यान दिने, भिड जम्मा नगर्ने लगायतका काममा सक्रिय हुनु पर्दछ । भिडभाड नियन्त्रणका लागि नेपालसहित धेरैदेशले लकडाउन गरेका छन् ।
सपिङ मल, पार्क वा सार्वजनिक क्षेत्रको भ्रमणमा जानु हुदैन । गइहाले पनि यी १० कुरामा विशेष ध्यान दिनुपर्दछ ।
१. भिडभाडमा रहेक संक्रमित ब्यक्तिको खोकी, हाच्छुयु तथा थुकको छिटाबाट पनि कोरोना सर्न सक्ने भएकाले यसबाट बच्नु पर्दछ ।
२. संक्रमित ब्यक्तिको छुवाईबाट पनि कारोना सर्ने भएकाले समयमा सर्तक हुनु पर्दछ ।
३. सकेसम्म धेरै मानिस जम्मा भएको स्थलतर्फ नजाने ।
४. कोहि बिरामी शंकास्पद लागेमा उसको सीधा सम्पर्कमा नजाने ।
५. प्लास्टिक र स्टीलमा ९ दिनसम्म यो भाइरस जीवित रहने भएकाले यस्ता वस्तुको प्रयोग सकेसम्म नगर्ने ।
६. ढोकाको ह्याण्डलबाट पनि कोरोना भाइरस सर्ने भएकाले सचेत भएर मात्र ढोका खोल्ने ।
७. कम्प्युटर चलाउँदा अरुले चलाउने गरेको भए कम्प्युटरको किबोर्ड नछुने ।
८. कुनै पनि फ्लू वा रोगको संक्रमित ब्यक्तिको घरमा नजाने ।
९. बाहिरबाट आउनासाथ आफुले प्रयोग गरेको सबै सामाग्रीको सरसफाइ गरिरहने ।
१०. कुनै पनि मानिससंग कुरा गर्दा १ मिटरभन्दा टाढाबाट मात्र कुरा गर्ने ।
प्रतिक्रिया