Logo

माछा मासु खानु कत्तिको जोखिम छ : कोरोना भाइरस

कोरोना भाइरसबाट संक्रमण एक जना १९ वर्षीय महिलाको अहिले टेकु अस्पतालमा उपचार चलिरहेको छ भने देश आजबाट लकडाउनको अवस्था छ । को रो ना भा इ रसको सं क्र म ण फैलनबाट रोक्न सरकारले एक हप्ताको लागि लकडाउन गरेको छ ।

यहि लकडाउनको अवस्थामा धेरै मानिसहरुमा विभिन्न जिज्ञासाहरु उब्जिरहेको पाइन्छ । माछा मासु खाने कि नखाने भन्ने विषय पनि अहिले बहस बनेको छ । माछा मासुबाट को रो ना भा इ र स सर्ने तर्कले गर्दा अहिले माछा मासुको सेवन कम भएको पाइएको छ ।

खास सत्यता के हो भन्ने बुझ्न खोज्दा बीबीसीमा प्रकाशित एक लेखमा एपोलो अस्पतालका डाक्टर लक्ष्मण देसाईका अनुसार माछा मासु मात्र होइन तरकारीहरु समेत सुरक्षित छैन, यदि राम्रोसँग पकाएन भने । डा देसाईले भनेका छन्, “को रो ना भा इ र सलाई जीवित रहन माध्यम चाहिन्छ र त्यो खाने कुरामा रहन सक्दैन । को रो ना भा इ र स सं क्र मि त व्यक्तिले खोक्दा वा नजिकिंदा सर्ने गर्छ । तर माछा मासु किन्दा पन्जा लाउने र मास्क लाउनु जरुरी हुन्छ र मासुलाई कम्तिमा ३० मिनेट पकाउन चाहि पर्छ जसले गर्दा मासुमा भएका किटाणु मर्छन् ।”

मासुबाट भा इ र स सरेको अहिलेसम्म पुष्टि नभएको कारण मासु खाँदा जाेखिम हुन्छ भन्ने तर्क गलत हो भन्ने तर्क बीबीसीले प्रस्तुत गरेको छ । मासुसँगै तरकारीहरु समेत राम्रोसँग पखाल्नेदेखि राम्रोसँग पकाएर खान समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्